Kathmandu Press

नागरिक लगानी कोषले ५१ करोड बराबरको प्रतिफल उपलब्ध गराउने

काठमाडाैं, असार २८ : नागरिक लगानी कोषले ५१ करोड १२ लाख रूपैयाँ बराबरको रकम प्रतिफल रकम विभिन्न शीर्षकमा उपलब्ध गराउने भएको छ।कोषका अनुसार...
नागरिक लगानी कोषले ५१ करोड बराबरको प्रतिफल उपलब्ध गराउने
Hardik ivf

काठमाडाैं, असार २८ : नागरिक लगानी कोषले ५१ करोड १२ लाख रूपैयाँ बराबरको रकम प्रतिफल रकम विभिन्न शीर्षकमा उपलब्ध गराउने भएको छ।

कोषका अनुसार ४० करोड ५० लाख रूपैयाँ उपदान कार्यक्रममार्फत र लगानीकर्ता कार्यक्रममार्फत १० करोड ६२ लाख रूपैयाँ उपलब्ध गराइनेछ। कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र त्यस्तो खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ।
 
त्यस्तै, कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ। आगामी साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक आठ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ।
 
यसअघि कोषले यसै कार्यक्रमका तीन लाखभन्दा बढी सहभागीलाई २०७७ असारसम्मको  नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो। त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ।

यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधारमानी प्रदान गरिने छ। उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारणसभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्