Kathmandu Press

ठूला करदाताबाट दुई वर्षअघि नै ‘क्लियरेन्स’ लिएको एक्जियटाको दावी 

काठमाडौं, माघ २५ : सर्वोच्च अदालतले सरकारलाई लाभ कर उठाउन आदेश गरे लगत्तै मलेसियाको एक्जियटा कम्पनीले खरिद कर्ताको कुनै पनि दायित्व नहुने प्....

ठूला करदाताबाट दुई वर्षअघि नै ‘क्लियरेन्स’ लिएको एक्जियटाको दावी 
फाईल फोटो

काठमाडौं, माघ २५ : सर्वोच्च अदालतले सरकारलाई लाभ कर उठाउन आदेश गरे लगत्तै मलेसियाको एक्जियटा कम्पनीले खरिद कर्ताको कुनै पनि दायित्व नहुने प्रतिक्रिया दिएको छ ।

मलेसियास्थित एज फाइनान्सियल डेलीसँग कुरा गर्दै एक्जियटाले नेपालको अदालतको निर्णयको जानकारी नआएको समेत जनाएको छ ।  सर्वोच्च अदालतले एनसेल र एक्जियटालाई पूँजीगत लाभकर तिर्न बुधवार परमादेश जारी गरेकोे थियो । 

एक्जियटाले एनसेल, रेनल्डस् र एक्जियटा युकेलाई नेपालको ठूला करदाता कार्यालयले ‘क्लियरेन्स’ दिएको दाबी गरेको छ । 

एक्जियटाले २०१७ मा नै ठूला करदाता कार्यालयले पठाएको पत्रमा बिक्रेता टेलियासोनेराले तिर्नुपर्ने पूँजीगत लाभकरको बारेमा कुनै पनि दायित्व निर्वाह गर्नु नपर्ने भनिएको पनि एक्जियटाले जनाएको छ । 

एक्जियटाले नेपालको सर्वोच्च अदालतले सन् २०१९ को फेब्रुवरी ६ मा रेनल्डस् र एनसेलले दायर गरेको रिट निवेदन खारेज गरिसकेको र सर्वोच्चले द्वारिकानाथ ढुंगेल तथा अन्यले दायर गरेको रिटको पक्षमा फैसला गरेको जनाएको छ ।  

एक्जियटाले एनसेल, रेनल्डस् र एक्जियटा युकेलाई नेपालको ठूला करदाता कार्यालयले ‘क्लियरेन्स’ दिएको दावी गरेको छ । 
सन् एक्जियटाले २०१७ मा नै ठूला करदाता कार्यालयले पठाएको पत्रमा बिक्रेता टेलियाले तिर्नुपर्ने पुँजीगत लाभकरको बारेमा कुनै पनि दायित्व निर्वाह गर्नु नपर्ने भनिएको पनि एक्जियटाले जनाएको छ ।

एनसेलले पूर्ण र अन्तिम भुक्तानी गरिसकेको अवस्थामा  कारोबारका लागि कुनै पूँजीगत लाभकर नलाग्ने र लागे पनि त्यो दायित्व बिक्रेताको भएको एक्जियटाको भनाइ छ । 

बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको बृहत इजलासले अन्तिम सुनुवाइ गर्दै लाभ कर एक्जिएटा र एनसेलबाट उठाउन सरकारलाई आदेश गरेको थियो ।  एनसेल र रिनोल्ड होल्डिङ्सले  हालेको रिट भने सर्वोच्चले खारेज गरेको छ ।

बृहत इजलासमा प्रधानन्यायाधीश  राणासहित न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए ।

स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर २०७२ पुस ७ गते मलेसियाको एक्जियटा कम्पनीलाई विक्री गरेको थियो । कम्पनीले ८० प्रतिशत सेयर १ खर्व ४३ अर्व रुपैयाँमा बिक्री गरेको थियो । उक्त रकमको लाभकर नेपाल सरकारले लिने विषयमा लामो समय देखि विवाद हुँदै आएको छ । 

 

प्रकाशित मिति: २१:०० बजे, शुक्रबार, माघ २५, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्