Kathmandu Press

बाढीका कारण बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु

बलुचिस्तान, असार २८ : बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले...
बाढीका कारण बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु
Hardik ivf

बलुचिस्तान, असार २८ : बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन्। 

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ। भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा छ सय ७० भन्दा बढी घर भत्किएका प्राधिकरणले बताएको छ । 

सोमबार पनि कराँचीको कोरङ्गी, सदर, निपा चौरङ्गी, पिपल्स चौरङ्गी, सुपरहाइवे र शहरका अन्य भागहरूमा भारी वर्षा भएको थियो भने केही भाग डुबानमा परेका छन्। डुबान क्षेत्रमा सवारी आवागमन बन्द भएको छ। वर्षाकै कारण विद्युत् आपूर्तिका खम्बाबाट करेण्ट प्रवाह हुँदा तीन जनाले ज्यान गुमाएका छन्। 

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्