यि हुन सबैभन्दा बढि कर तिर्ने १५ कम्पनी
काठमाडौं, मंसिर १ : सरकारले गत वर्ष सबैभन्दा धेरै कर तिरेर राज्यलाई योगदान गर्ने करदाताहरुलाई सम्मान गरेको छ । उक्त सम्मान पाउनेमा बिमा मार्फत नेपाल प....

काठमाडौं, मंसिर १ : सरकारले गत वर्ष सबैभन्दा धेरै कर तिरेर राज्यलाई योगदान गर्ने करदाताहरुलाई सम्मान गरेको छ । उक्त सम्मान पाउनेमा बिमा मार्फत नेपाल पाईफ इन्स्योरेन्स कम्पनी पहिलो नम्वरमा परेको छ।
आठौं कर दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन। १५ विधामध्येमा बिमा वापत नेपाल लाईफले उत्कृष्ट करदाताबाट सम्मान पाएको हो।
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा तारा म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक सिद्धार्थसम्शेर राणा रहेका छन् । उनी चौथो पटक लगातार बढी कर तिर्ने सूचिमा परेका हुन् । सूर्य नेपाल ठुलो चुरोट उत्पादन गर्ने उद्योग हो । सूर्य लगातार बढी कर तिर्ने कम्पनीको सूचीमा पर्दै आएको छ।
.jpg)
निर्यातकर्ता मध्येबाट वहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालि रहेको छ । व्यापारिकबाट जगदम्बा प्रालि र बैंकहरु मध्येबाट राष्ट्रिय बाणिज्य बैंक भएको छ । यसैगरी सञ्चार क्षेत्रबाट वल्र्डलिङ कम्युनिकेसन, व्यापार व्यवसायमा अग्नि इन्टरप्राईजेज प्रालि र पर्यटनबाट तारागाउँ रिजेन्सी होटल रहेका छन।
यस्तै कृषितर्फ अन्नपूर्ण एग्रो, लघुवित्तबाट छिमेक लघुवित्त वित्तीय संस्था, शिक्षा र स्वास्थ्यमा मणिपाल कलेज बढी कर तिर्नेमा परेका छन । मध्यमस्तरिय करदाताका तर्फबाट कामना विकास बैंक, घोराही सिमेन्ट उद्योगलाई पनि सम्मान गरिएको छ।










-1754206481.jpg)
