Kathmandu Press

पूर्वअर्थमन्त्रीको श्रीलङ्काबाट भाग्ने असफल प्रयास

कोलम्बो, असार २८ : पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब...
पूर्वअर्थमन्त्रीको श्रीलङ्काबाट भाग्ने असफल प्रयास

कोलम्बो, असार २८ : पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले  श्रीलङ्का छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ । 

Hardik ivf

यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो । प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन् । 

शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ  क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् ।  

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्