Kathmandu Press

जम्मु– काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए

जम्मु– काश्मीर सुरक्षा कारबाहीमा दुई आतङ्कवादी मारिए

शोपियान, असार २८ : जम्मु– काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी र सेना आतङ्वादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको उसले बताएको छ । 

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद (जेएम) आतङ्वादी सङ्गठनसँग आवद्ध  आतङ्कवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतङ्ककारीहरूलाई मारिएका छन्। 

संयुक्त सुरक्षा फौजमाथि आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतङ्ककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतङ्ककारी घटनामा रहेको थियो। 

सन् २०१८ देखि सक्रिय रहेका कैसर कोकाले पाकिस्तान गएर हतियार, गोलाबारुदको प्रशिक्षण लिएपछि काश्मीर उपत्यकामा प्रवेश आक्रमणमा गरेका थिए । मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ। 

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, असार २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्