Kathmandu Press

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रुपन्देही, असार २८ : रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । 

Hardik ivf

प्रमुख केसीका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो।

बिहान ५ः १० बजेको समयमा दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:५१ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्