Kathmandu Press

भरुवा बन्दुकसहित पुरुष पक्राउ

तनहुँ, असार २८ : भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका...
भरुवा बन्दुकसहित पुरुष पक्राउ

तनहुँ, असार २८ : भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका छन्। 

उनले साथमा भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए। तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, असार २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्