Kathmandu Press

दुनैका २४ परिवार विस्थापित

डाेल्पा, असार २८ : ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्। सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो। ठूलीभेरी नगरपालिका–३...
दुनैका २४ परिवार विस्थापित

डाेल्पा, असार २८ : ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्। 

सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो। ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढी र पहिराले नन्नाकुमारी विकको  एकतले कच्ची घर पूर्णरूपमा क्षति पु¥याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया, मानबहादुर रोकायाको घर र  खेतबारी बगाएको छ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । उनका अनुसार ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै रु एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्याङ्कन विवरणमा उल्लेख छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएका थिए। सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिएका थिए । भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ। यसभन्दा अगाडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ थियो।  

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, असार २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्