Kathmandu Press

 एनसेलले ल्यायो डबल मजा प्याक, १२५ रुपैयाँमा ५ जीबी डेटा 

काठमाडौं, असार २३ :  एनसेल आजियाटा लिमिटेडले ‘डबल मजा प्याक’ को आकर्षक डेटा प्याकको योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकलाई १२५...
 एनसेलले ल्यायो डबल मजा प्याक, १२५ रुपैयाँमा ५ जीबी डेटा 

काठमाडौं, असार २३ :  एनसेल आजियाटा लिमिटेडले ‘डबल मजा प्याक’ को आकर्षक डेटा प्याकको योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकलाई १२५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझै सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ। 

अर्थात्, यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा कर सहित रु १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर असार २४ गते शुक्रबारबाट संचालनमा आउने कम्पनीले जनाएको छ। 

समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिदै जाने यस अफरको विषेशता हो । यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ । प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने कम्पनीले जानकारी दिएको छ। 

‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मुल्य प्रदान गर्न प्रतिवद्ध छौं । आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने । 

एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्ने बताइएको छ। 

यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।  
 

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्