Kathmandu Press

प्रताप दासको 'हिमाल हौ तिमी' बजारमा

काठमाडौं, मंसिर १ : गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत 'हिमाल हौ तिमी'को म्युजिक भिडियो सार्वजनिक भएको छ।

मदन दुलालको शब्द....

प्रताप दासको 'हिमाल हौ तिमी' बजारमा
Hardik ivf

काठमाडौं, मंसिर १ : गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत 'हिमाल हौ तिमी'को म्युजिक भिडियो सार्वजनिक भएको छ।

मदन दुलालको शब्द तथा प्रकाश नेपालीको संगीत रहेका गीतमा मानसी किरणको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोमा गलबन्दी बोलको गीतमा अभिनय गरेकी मोडल अन्जली अधिकारीले अभिनय गरेकी छिन् । उनलाई मोडल राज खड्काले साथ दिएका छन् । म्युजिक भिडियो निर्देशन पनि खड्काले गरेका छन्। अन्जुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको गीतको भिडिया मधुर बस्नेतले छाँयाङकन गरेका हुन् । राजिव समरले कोरियोग्राफी गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, मंसिर १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्