Kathmandu Press

क्यान्सरपीडितलाई आर्थिक सहयोग

सुर्खेत, असार २८ : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११०  क्यान्सरपीडितलाई यातायात खर्च  प्रदान  गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ती...
क्यान्सरपीडितलाई आर्थिक सहयोग

सुर्खेत, असार २८ : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११०  क्यान्सरपीडितलाई यातायात खर्च  प्रदान  गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ती बिररामीलाई जनही १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो।

सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। 

Hardik ivf

‘क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ,’ उनले भने, ‘आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ।’ त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक ५०० दरले छ महिनाको रु तीन हजारका दरले  दुई लाख रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ। 

उनले भने, ‘एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना रु तीन हजारका दरले रु चार लाख रकम भुक्तानी भएको छ। आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलालाई रु ५१ हजार प्रदान उपलब्ध गरेका छौँ।’

त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति दुई लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८÷७९ मा प्राप्त १२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, असार २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्