Kathmandu Press

सेवाग्राहीको चाप बढेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा

सिन्धुली, असार २८ : सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा शुरुआत गरेको छ।कार्यालयमा सेवाग्राहीको चाप बढेपछि बिहान ७...
सेवाग्राहीको चाप बढेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा

सिन्धुली, असार २८ : सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा शुरुआत गरेको छ।

कार्यालयमा सेवाग्राहीको चाप बढेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालिएको छ। कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन शुरु गरेको हो।

यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

सबैभन्दा धेरै गुनासो राहदानीको रहेको छ। प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो। यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो।

कार्यालयले विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकामा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ। कर्मचारी अभाव हटेकाले बिहान ७ देखि साँझ ७ बजेसम्म १२ घण्टा दैनिक सेवा विस्तार शुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताए।

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ। बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ। (रासस)

प्रकाशित मिति: ०८:५९ बजे, मंगलबार, असार २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्