Kathmandu Press

बलात्कार मुद्दामा तीन युवक जेल चलान

काठमाडौं, असार २८ : काठमाडौंको बौद्धमा बलात्कार मुद्दामा पक्राउ परेका तीनै युवकलाई जेल चलान गरिएको छ।काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा गत जेठ...
बलात्कार मुद्दामा तीन युवक जेल चलान

काठमाडौं, असार २८ : काठमाडौंको बौद्धमा बलात्कार मुद्दामा पक्राउ परेका तीनै युवकलाई जेल चलान गरिएको छ।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङता गेस्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप तीन जनालाई जेल चलान गरिएको हो।

उनीहरु सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाहीको बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौंको बौद्धका रितेश तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको बताए। पक्राउ परेको गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पालाई भने १० लाख धरौटीमा छोडिएको छोडिएको छ।

प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, असार २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्