Kathmandu Press

श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

काठमाडौं, असार  २७ : शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्। रणतुङ्गाले ‘जुलाई १३ गते...
श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

काठमाडौं, असार  २७ : शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्।

 रणतुङ्गाले ‘जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका छन् । पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसे  अनुरूप  अगाडि बढ्ने  उनले बताएका छन् ।

Hardik ivf

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको  र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन् ।

पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा  सर्वसाधारण र प्रहरी बीच  थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन्  । श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको  यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका चन्। चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् ।

श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रे क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा  समेत निलम्बित गरिएको छ। आर्थिक सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ ।

प्रकाशित मिति: २०:४१ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्