Kathmandu Press

भारतमा एकैदिन १६ हजार ५०० भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एकैदिन १६ हजार ५०० भन्दा बढी कोरोना सङ्क्रमित

काठमाडाैं, असार २७ : आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार ६७८ कोरोना सङ्क्रमित थपिएका छन्।

हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन्। यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि ११ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।

Hardik ivf

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। पछिल्लो एक दिनमा १४ हजार ६२९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ८३ हजार भन्दा बढी पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ।   

चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २६ को मृत्यु भएको छ। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ। 

चौविस घण्टाको सो अवधीमाा दुई लाख ७८ हजार २६६ कोरोना परिक्षण भएको जनाइएको छ। यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ८८ लाख ७७ हजार ८६३ डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्