Kathmandu Press

११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

काठमाडौं, असार २७ : चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र...
११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

काठमाडौं, असार २७ : चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३।८ प्रतिशतले वृद्धि भएको हो। 

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले बृद्धि भई रु सात अर्ब ५१ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार कूल तीन लाख १३ हजार ३६७ नेपालीले त्यस्तो अनुमति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो। 

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५२.१ प्रतिशतले घटेको थियो।

सो अवधिमा खुद ट्रान्सफर ३।६ प्रतिशतले वृद्धि भइ रु १० खर्ब ६ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११।५ प्रतिशतले बढेको थियो।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्