यातायात व्यवस्था कार्यालय एकान्तकुनामा युवा संघकाे धर्ना
काठमाडाैं, असार २७ : नेकपा एमालेनिकट युवा संघ नेपालले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ।यातायात...
काठमाडाैं, असार २७ : नेकपा एमालेनिकट युवा संघ नेपालले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ।
यातायात कार्यालयमा सेवाग्राहीले सहज रुपमा सेवा नपाएको र बिचौलियाले कार्यालय चलाएको आरोप लगाउदै युवासंघले धर्ना दिएको हो।
यातायात कार्यालयले समयमा नै सेवा दिन नसकेको र यसले आम नागरिक समस्यामा परेको उनीहरुले जनाएका छन्।
युवा संघ नेपालका किरण पौडेलले हरेक बहानामा यातायात कार्यालयमा ढिलासुस्ती गर्ने गरेको र बाध्य भएर बिचौलियाको शरण लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
धर्नापछि युवासंघले लाइसेन्स वितरणमा अनियमिता, लापरबाही र ढिलासुस्ती अन्त्यको माग राखेर कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ।
प्रकाशित मिति: १७:३६ बजे, सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

