धनुषा जिल्ला न्यायाधीश भट्टराई काजमा सर्वोच्चमा तानिए

काठमाडौं, असार २७ : धनुषाका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई सर्वोच्च अदालतमा काजमा तानिएका छन्।
उनले गरेको एक फैसला विवादित भएपछि धनुषाका जिल्ला न्यायाधीशको कामकाजबाट अलग गर्दै न्यायपरिषदले उनलाई सर्वोच्च अदालतमा तानेको हो।
व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनीविरुद्ध न्यायपरिषदमा उजुरी परेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
२०७६ कात्तिक ६ गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएपछि आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथि मुद्दा चलाइएको थियो। सो आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले आरोपितलाई सफाइ दिएको थियो ।
सफाइलगत्तै उनको फैसलामाथि विरोध भएको थियो। भट्टराईको फैसलामाथि न्यायपरिषदले छानबिनसमेत थालेको जनाइएको छ।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












