Kathmandu Press

क्रिकेटरको भूमिका रणवीर र शाहिद

काठमाडौं, मंसिर १ : क्रिकेटरको भूमिकामा देखिन लागेका बलिउड अभिनेताद्वय रणवीर सिंह र शाहिद कपुर चर्चामा छन्। उनीहरुको भूमिका लिएर सामाजिक संजालनमा मतमतान्तर चलिरहेको छ।....

क्रिकेटरको भूमिका रणवीर र शाहिद

काठमाडौं, मंसिर १ : क्रिकेटरको भूमिकामा देखिन लागेका बलिउड अभिनेताद्वय रणवीर सिंह र शाहिद कपुर चर्चामा छन्। उनीहरुको भूमिका लिएर सामाजिक संजालनमा मतमतान्तर चलिरहेको छ।

दुवै अभिनेताका फ्यानले फोटो पोस्ट गर्दै प्रशंसा गरिरहेका छन्। पक्ष र विपक्षमा मतमतान्त भइरहेको हो। उनीहरु दुवै अभिनेता भने फरकफरक फिल्ममा देखिन लागेको हुन्।

रणवीरले फिल्म ‘८३’को छायांकन सकेका छन्। भारतका प्रख्यात क्रिकेटर कपिल देवको बायोग्राफीमा फिल्म ‘८३’ बनेको हो। यसमा रणवीर मुख्य भूमिकामा छन्।

त्यस्तै, शाहिद तेलुगु फिल्म ‘जर्सी’को रिमेकमा काम गर्ने तयारीमा छन्। पूर्वतयारीमा शाहिद क्रिकेट सिकिरहेका छन्। जसमा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गर्नेछन्।

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, मंसिर १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्