Kathmandu Press

जोहानेस्बर्ग  गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५

जोहानेस्बर्ग  गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५

जोहानेसबर्ग, असार २७ : जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको यहाँका अधिकारीहरुले आज जनाएका छन् । 
 
स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १५ जनाको मृत्यु भएको जानकारी सोमबार दिइएको छ । साथै सो गोलीकाण्डमा परेर अन्य १० जना घाइते भएका छन्। 
 
गोलाबारीमा घाइते भएका १० जनाको उपचार भइरहेको र उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । गोलाबारीमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ। प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका थिए। अरु तीन जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। सोवेटो नगर राजधानीको दक्षिणपूर्वमा पर्दछ। 

प्रकाशित मिति: १५:२० बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्