Kathmandu Press

ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री

कास्की, असार २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन...
ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री
Hardik ivf

कास्की, असार २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन्। 

आर्थिक वर्ष २०७९÷८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए। 

प्रेस संयोजक कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा समावेश गोवद्र्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननरायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको जनाइएको छ।  
    
‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्