Kathmandu Press

पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न माग

काठमाडाें, असार २७ : नेपाली जनता दलले आगामी संघीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न माग गरेको छ।उक्त दलले आज...
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न माग

काठमाडाें, असार २७ : नेपाली जनता दलले आगामी संघीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न माग गरेको छ।

उक्त दलले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्दती उपयुक्त विकल्प भएको उल्लेख गरेको छ।

Hardik ivf

जनता दलले लैङ्गीक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।

पार्टी अध्यक्ष हरिचरण साहले सबै वर्ग, जाती, समूदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनेगरी समानुपातिक निर्वाचन प्रणाली अपनाउनु अहिलेको अपरिहार्यता भएको बताए। उनले देशलाई शान्ति र समृद्धिको दिशामा अघि बढाउन राजनीतिक स्थिरताको खाँचो औंल्याए। 

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अनुप पहाडी, उपाध्यक्षद्वय रघु परियार र यामबहादुर जिसी, उपमहासचिव सुमा बास्तोलाले वैकल्पिक राजनीतिक दलको रुपमा विगत २८ वर्षदेखि सङ्घर्ष गर्दै आएको जनता दलले जनसंख्याको आधारमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा विगतदेखिनै उठाइरहेको बताए।

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्