Kathmandu Press

कांग्रेसका युवा कार्यकर्ताद्वारा पार्टी कार्यालयबाहिर नाराबाजी

काठमाडौं, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ।बैठक सुरु  हुनुअघि नेताहरू आउने क्रम जारी रहँदा पार्टीका भ्रातृ संगठन र...
कांग्रेसका युवा कार्यकर्ताद्वारा पार्टी कार्यालयबाहिर नाराबाजी

काठमाडौं, असार २७ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु  हुनुअघि नेताहरू आउने क्रम जारी रहँदा पार्टीका भ्रातृ संगठन र विभागलाई पूर्णता दिन माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले सानेपास्थित पार्टी कार्यालयबाहिर नाराबाजी गरेका छन्।

नेविसंघ, तरुण दललगायत भातसंस्थाले विधान कार्यान्वयनका लागि दबाब दिन भन्दै प्रदर्शन गरेका हुन्। शेखर कोइराला पक्षले गरेको विरोध प्रदर्शनमा सभापतिज्यूले पार्टी चलाउनुहोस्, नेविसंघ हामी आफै चलाउछौं, विधानलाई मान्ने कि व्यक्तिलाई मान्ने, भातृसंस्था कांग्रेसलाई आवश्यक छ कि छैन लगायत नारा लगाइएका थिए।

नाराबाजीमा उत्रिएका कार्यकर्तालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नैनसिंह महरले भातृ संगठनका पदाधिकारी नियुक्तिबारे बैठकमा कुरा उठाउने बताए। भ्रातृ संस्था बिना कुनै हस्तक्षेप पूर्णता दिनुपर्ने र पार्टीको विधान लागू गर्नुपर्ने माग उनले राखेका थिए। 

Hardik ivf

महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म कांग्रेसले विभाग गठन गर्न सकेको छैन। केही गठन गरिए पनि तिनीहरूले पूर्णता पाउन सकेका छैनन्। 

आजको बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीको केन्द्रीय समिति बैठकले ९ शुभेच्छुक संस्था र २ भातृ संस्थालाई मान्यता दिने तयारी गरेको जनाइएकाे छ। 

बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, प्रतिनिधिसभा र प्रदेशको आगामी निर्वाचनको तयारीबारे छलफल पनि हुने बताइएको छ। 

कांग्रेस नेता शेखर कोइराला पक्षधर कार्यकर्ताहरूले विरोध तथा नारा जुलुस गरेपछि अप्रिय घटना नहाेस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

बैठकस्थलमा सभापति शेर बहादुर देउवा पुगेलगत्तै कार्यकर्ताहरुले नारावाजीसहित गाडी रोक्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो।

 

 

प्रकाशित मिति: १३:१४ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्