Kathmandu Press

इजरायली प्रधानमन्त्री र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

जेरुसेलम, असार २७ : इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ।उहाँहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध...
इजरायली प्रधानमन्त्री र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

जेरुसेलम, असार २७ : इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ।

उहाँहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा कुराकानी भएको इजरायली प्रधानमन्त्री लापिदको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

उनीहरूले इजरायल र टर्कीका बीचको सम्बन्ध यस क्षेत्रको क्षेत्रीय शान्ति, आर्थिक विकास तथा स्थायित्वका लागि महत्वपूर्ण रहेको धारणा राखेको समाचारमा जनाइएको छ।

यी दुई देशले पछिल्लो पटक हवाई उड्यनका क्षेत्रमा पनि नयाँ सहमति गरेका थिए। उक्त सहमतिले पनि दुई देशका बीचको सम्बन्ध सुदृढीकरणमा ठूलो सहयोग पुर्‍याउने उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ।

लापिद यही जुलाई १ तारिखमा इजरायलको कामचलाउ प्रधानमन्त्री नियुक्त हुनुभएको हो। लापिदलाई टर्कीस् राष्ट्रपति एर्दोगानले बधाई ज्ञापन गरेका थिए।

त्यस अवसरमा टर्कीस् राष्ट्रपति एर्दोगानले लापिदको कार्यकालमा यी दुई देशबीचको आपसी सम्बन्ध झन् सुदृढ हुने विश्वास पनि व्यक्त गरेका थिए।

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्