Kathmandu Press

गलकोट नगरपालिकाले थाल्यो फोहाेर प्रशोधन

गलकोट नगरपालिकाले थाल्यो फोहाेर प्रशोधन

बागलुङ, असार २७ : स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला  गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहाेर प्रशोधन गर्न थालेको छ।

गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि  फोहाेर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो। नगरपालिकाले यस वर्षदेखि  भने फोहाेर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो। 

बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहाेर व्यवस्थापन चुनौतीको विषय बन्न थालेपछि उक्त नगरपालिकाले वडा नं ३ र ९ को सिमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाडामा लिएर फोहाेर प्रशोधन केन्द्र स्थापना गरी फोहाेर व्यवस्थापन गर्न थालेको छ।

Hardik ivf

नगरपालिकाको पहिलो कार्यक्रलमै फोहाेर प्रशोधन केन्द्र स्थापना गरिएकामा दोस्रो कार्यकाल सुरु भएलगत्तै फोहाेर प्रशोधन गर्न थालिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।

'पहिलो कार्यकालयमा फोहाेर व्यवस्थापन निकै चुनौती बन्यो, त्यसैले फोहाेर प्रशोधन गर्ने उपकरण खरिद गरिसकेका थियौं,' उनले भने, 'दोस्रो कार्यकालको सुरुमै हामीले फोहाेर प्रशोधन गर्ने उपकरण सञ्चालनमा ल्याएका छौँ, फोहाेर प्रशोधनपछि त्यसलाई बिक्री गर्न सकिन्छ।'

यसअघि हटिया बजारको फोहाेर गौदीखोलामा फालिने गरिन्थ्यो। बजारकै छेउमा फोहाेर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहाेर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थियौँ।

नगरपालिकाले जग्गा अभावमा फोहाेरको डम्पिङ साइड खोज्न नसकेपछि जग्गा भाडामा लिएर अहिले फोहाेर प्रशोधन केन्द्र स्थापना गरेको हो। फोहाेर प्रशोधन केन्द्रमा अहिले धमाधम फोहाेर प्रशोधन भइरहेको छ।

नगरप्रमुख गैरेले फोहाेरलाई कुहिने र नकुहिने गरी छुट्याएर प्रत्येक दिन छुट्टाछुट्टै सङ्कलन गरिँदै आएको बताए। नगरपालिकाले अहिले नकहुहिने फोहोर मात्रै प्रशोधन गर्दै आएको छ। 

रु. ३३ लागतको लागतमा स्थापित सो  केन्द्रमा अहिले एउटा ट्र्याक्टरबाट फोहाेर संकलन गर्ने गरिएको छ। कुहिने फोहाेरको मल बनाइनेछ भने नकुहिने फोहाेरलाई प्रशोधन उपकरणबाट पेलेर टुक्राउने, धुने र पुनः प्रयोगका लागि बिक्री गरिने भएको छ।

फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहाेर प्रशोधनपछि बिक्री गरेर उठाउने लक्ष नगरपालिकाले लिएको छ। मुख्य बजार क्षेत्रको फोहाेर संकलन गरेर प्रशोधन गरिरहेको र प्रशोधन गरिएको फोहाेरलाई बिक्री गर्ने फोहाेर प्रशोधन केन्द्र संयोजक तथा पूर्ववडाध्यक्ष वीरजंग भण्डारीले बताए। 

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्