Kathmandu Press

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते

लस एन्जेलस, असार २७ : अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ। गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।

देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्।
   
स्थानीय समय अनुसार राती १२ ४५ बजे घटना भएको हो। आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो। ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।

अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन्। गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुक सम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ। 

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्