Kathmandu Press

काभ्रेमा पाँच जनामा कोरोना सङ्क्रमण

काभ्रे, असार २७ : काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।नमोबुद्ध नगरपालिकामा गरिएको दुई वटा पीसीआर र २४ एन्टिजेन...
काभ्रेमा पाँच जनामा कोरोना सङ्क्रमण

काभ्रे, असार २७ : काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नमोबुद्ध नगरपालिकामा गरिएको दुई वटा पीसीआर र २४ एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। जिल्लामा साढे चार महिनापछि सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो।

Hardik ivf

काभ्रेमा कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाइँले बताए। उनकाअनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ। पाँच सङ्क्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ।

जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो। गत फागुन मध्यमा तेस्रो लहरको यसको सङ्क्रमणदर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ।

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ। तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरमा एक जनाको मृत्यु भएको थियो। (रासस)

प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्