Kathmandu Press

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

बागलुङ, असार २७ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।गण्डकी सरकारले प्रदेशका ११ जिल्लामै कोरोनाबाट मृत्यु...
कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

बागलुङ, असार २७ : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।

गण्डकी सरकारले प्रदेशका ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत रकम प्रदान गर्ने निर्णयको थियो। त्यसअनुसार, बागलुङमा ५७ लाख राहत वितरण गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा कोरोनाका कारण मृत्यु भएका ११४ जनाले ५० हजारका दरले राहत रकम बुझिसकेको बताए। 'जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो, तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो,' उनले भने, 'हालसम्म ११४ जनालाई दियौँ, सम्पर्कमा नआएका र कागजात नबुझाएका २०-३० जना बाँकी होलान, प्रदेशले अर्कौ वर्ष बजेट पठाए पाउँलान्।'

राहत पाउनका लागि कागजात भने प्रमाणित हुन जरुरी हुन्छ। गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई ५० हजार राहत दिने निर्णयअनुसार जिल्लामा कोरोनाका कारण मृत्यु भएका ११४ जनाका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको हो।

सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए।

 

प्रकाशित मिति: ०७:२१ बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्