Kathmandu Press

एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

भक्तपुर, असार २६ : भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले विशेष सूचनाका आधारमा आज...
एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

भक्तपुर, असार २६ : भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ।

प्रकाशित मिति: २०:५८ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्