Kathmandu Press

बेपत्ता बालक मृत फेला

लमजुङ, असार २६ : शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका...
बेपत्ता बालक मृत फेला

लमजुङ, असार २६ : शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन्। आज तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

उनले भने, 'हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा भेटियो।' जिल्ला प्रहरी कार्यालय तनहुँबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शवपरीक्षणका लागि तनहुँको दमौली अस्पताल लगेको उनले बताए।

प्रकाशित मिति: २०:३० बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्