Kathmandu Press

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि...

कास्की, असार २६ : पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ।कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी...
फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि...
Hardik ivf

कास्की, असार २६ : पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ।

कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए। उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भयो।

प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो। समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन। क्षतिको विवरण आउन बाँकी छ। नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्