पूर्वी युक्रेनको भवन हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो

कीभ, असार २६ : पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एक आवासीय भवनमा रुसी मिसाइल आक्रमणपछि उद्धारकर्ताहरूले आइतबार १५ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।
'उद्धारका क्रममा घटनास्थलमा १५ वटा शव फेला परेको र थप पाँच जनालाई भग्नावशेषबाट बाहिर निकालिएको,' युक्रेनी आपतकालीन सेवाको स्थानीय शाखाले फेसबुकमा उल्लेख गरेको छ। त्यसैगरी उद्धारकर्ताहरू अन्य जीवित तीन जनासँग सम्पर्कमा रहेको पनि बताइएको छ।
प्रकाशित मिति: १८:३४ बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












