Kathmandu Press

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जोशी निर्वाचित

कञ्चनपुर, असार २६ : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन। सङ्घको आज...
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जोशी निर्वाचित
Hardik ivf

कञ्चनपुर, असार २६ : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन। सङ्घको आज सम्पन्न मतगणनामा सङ्घका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन।

निर्वाचित जोशीले एक हजार २९९ मत प्राप्त गरे भने, पराजित जोशीले ७८३ मत पाएकाे निर्वाचन समितिले जनाएको छ। त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित निर्वाचित भएका छन। उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरेका छन।

त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित भएका छन। महासचिव पदमा बोहराले एक हजार २०१ मत पाए भने अर्का प्रत्यासी भट्टले ८०० मत प्राप्त गरेका छन। शनिबार भएको मतदानमा दुई हजार १८४ मत खसेको वाणिज्य सङ्घ कञ्चनपुरले जनाएको छ। यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए। त्यसैगरी सङ्घको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्