Kathmandu Press

शिक्षासेवी सम्मानित

शिक्षासेवी सम्मानित

काठमाडौं, असार २६ : सोलिडारिटी  मिडियाबाट सञ्चालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारणसभाका अवसरमा आज शिक्षासेवीलाई सम्मान गरेको छ। 

सम्मानित हुनेहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित भएका सुवाश न्यौपाने, प्याब्सनमा केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभएका थकिनकुमार गुरुङ, हिसानका केन्द्रीय सचिव निर्वाचित भएका डा. ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जन, रजत महोत्सव मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहेका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२/२२३ का लागि अध्यक्ष निर्वाचित वत्स शाक्य रहेका छन्।

Hardik ivf

उनीहरुलाई कदरपत्र प्रदान गरिएको हो। उनीहरुलाई टेलिभिजनका बोर्ड सदस्य तथा प्याब्सनका पूर्वअध्यक्ष विजय सम्बाहाम्फेले कदरपत्र हस्तान्तरण गरे।

साधारणसभामा टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम तण्डुकारले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो। सो प्रतिवेदन सुझावसहित पारित गरिएको थियो। कम्पनीले अधिकतम ९९ जनालाई शेयर सदस्य दिने निर्णयसमेत साधारण सभाबाट पारित गराएको छ। 

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्