Kathmandu Press

बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु

बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु

काठमाडौं, असार २६ : बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो। 

बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्