Kathmandu Press

भारतमा एकै दिन थपिए १८ हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडाैं, असार २६ : शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन्।हाल भारतमा एक लाख २८ हजार...
भारतमा एकै दिन थपिए १८ हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडाैं, असार २६ : शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन्।

हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन्। यो कुल सङ्क्रमितको ०ं.३० प्रतिशत हो।  करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।

Hardik ivf

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। 

पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ।   

चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा ४२ को मृत्यु भएको छ। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ।

२४ घण्टाको सो अवधीमाा चार लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ। यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ। 

२४ घण्टाको समयावधीमा दश लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आइतबार जानकारी दिएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्