Kathmandu Press

‘श्रीलंका संकटका कारण भारतमा शरणार्थी समस्या छैन’

नयाँ दिल्ली, असार २६ : विदेश मन्त्री एस जयशङ्करले टापुराष्ट्र श्रीलंकामा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताउँदै श्रीलंका संकटका कारण देशमा शरणार्थी समस्या नरहेको स्पष्ट...
‘श्रीलंका संकटका कारण भारतमा शरणार्थी समस्या छैन’

नयाँ दिल्ली, असार २६ : विदेश मन्त्री एस जयशङ्करले टापुराष्ट्र श्रीलंकामा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताउँदै श्रीलंका संकटका कारण देशमा शरणार्थी समस्या नरहेको स्पष्ट गरेका छन्। 

दक्षिण भारतका मतदातालाई भारतीय जनता पार्टीको पक्षमा पार्ने प्रयासमा दक्षिणी राज्य केरला भ्रमणमा रहेका उनले भारत सरकारबाट श्रीलंकालाई निरन्तर सहयोग भइरहेको तथा थप मद्दतको प्रयास पनि जारी रहेको जानकारी दिँदै उनले श्रीलंकालीहरूले आफ्ना समस्या समाधान गरिरहेकाले  त्यहाँको वस्तुस्थितिको निरन्तर निगरानी गरिएको र अहिले शरणार्थी संकट नभएको बताए। 

Hardik ivf

विदेशमन्त्रीको उक्त अभिव्यक्तिले कठिन समयमा भारत कसरी आफ्ना छिमेकीहरूको साथमा उभिएको छ भन्ने झल्काउँछ। अभूतपूर्व राजनीतिक एवम् आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई ‘छिमेक पहिलो नीति’अन्तर्गत कठिनाइबाट पार लगाउन कोलम्बोको अनुरोधलाई भारतले तत्काल सम्बोधन गरेको बताए। 

पूर्वाधार निर्माण र नवीकरणीय ऊर्जाको माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्धमा बढोत्तरी भइरहेको जानकारी दिँदै उनले तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गरेको बताए। जीवनदायी औषधि, खाद्यान्न र इन्धन खरिदका लागि उक्त रकम प्रदान गरिएको हो। 

भारत–श्रीलंका सम्बन्ध सुमधुर रहेको र त्यहाँका जनतालाई सघाउन सधैँ तत्पर रहेको स्पष्ट गर्दै उनले श्रीलंकाली जनताप्रति भारतको ऐक्यबद्धता रहेको स्पष्ट गरे। आर्थिक संकट अन्त्य गर्न भारतीय सहयोग जारी रहेको बताउँदै उनले  श्रीलंकाली जनतालाई आर्थिक सहायता, विदेशी मुद्रा सहयोगलगायत सहायता गरिरहेको र बितेका दुई महिनामा २५ टनभन्दा बढी औषधि र चिकित्सा सामग्रीको प्रदान गरेको जानकारी दिए। 

यसैबीच, श्रीलंकास्थित भारतका उच्चायुक्त गोपाल वाग्लेले आज श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीरालाई भेटेर ४४ हजार मेट्रिक टनभन्दा बढी युरिया आइपुगेको जानकारी दिएका छन्। भारत सरकारले ऋण सहयोगअन्तर्गत उक्त मल उपलव्ध गराएको हो। श्रीलंकाली जनतालाई सहयोग गर्न  र उनीहरूको खाद्य सुरक्षा सुनिश्चितताका निम्ति भारत प्रतिबद्ध रहेको र पछिल्लो सहयोग द्विपक्षीय सहयोगको प्रबल प्रतीक रहेको उनले बताए। 

प्रकाशित मिति: १६:१० बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्