Kathmandu Press

मलेसिया र पाकिस्तानमा कोरोना सङ्क्रमण बढ्ने क्रममा

मलेसिया र पाकिस्तानमा कोरोना सङ्क्रमण बढ्ने क्रममा

क्वालालम्पुर, असार २६ : मलेसियामा शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा २ हजार ७९९ थप कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यसैसँगै राष्ट्रभरी कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ९२ हजार ७१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस अवधीमा सङ्क्रमणको कारण आठ नयाँ मृत्यु भएपछि कुल मृतकको सङ्ख्या ३५ हजार ८०९ जना पुगेको छ।  यस समयमा दुई हजार ६६६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएपछि कोरोना शुरु भएपछि हालसम्म यहाँ ४५ लाख २१ हजार ५७८ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

Hardik ivf

हाल मलेसियामा ३५ हजार ३२३ सक्रिय सङ्क्रमित रहेका छन्। ती मध्ये  ४१ जनाको सघन उपचार कक्षमा उपचार भइरेहको समाचारमा जनाइएको छ।  

यसैबीच पाकिस्तानमा पनि ५०२ जना कोरोनाका सङ्क्रमित थपिएका र एक जनाको मृत्यु भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ।

पाकिस्तानमा कोरोना शुरुभएबाट हालसम्म सङ्क्रमणबाट तीस हजार ४२१ जनाको मृत्यु भएको छ।  शनिबार यहाँ १८ हजार ३८५ जनाको कोरोना परिक्षण भएको ती मध्ये २।७३ प्रतिशतलाई कोरोना देखिएको जनाइएको छ। दक्षिण एसियाली यस देशमा हाल कोरोना सङ्क्रमणको कारण १४५ जनाको अवस्था नाजुक रहेको बताइएको  छ।

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्