दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जनाकाे मृत्यु

जोहानेसबर्ग, असार २६ : स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पुर्याएको प्रहरीले आइतबार जनाएको हो।
प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए।
राजधानीको दक्षिणपूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठुलो सहरी क्षेत्र हो।
प्रकाशित मिति: १६:०६ बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












