Kathmandu Press

‘मर्यादित पत्रकारिता र संगठनलाई समावेशी बनाउन मेरो उम्मेदवारी’

काठमाडौं, असार २६ : आगामी साउन ६ र ७ गते हेटौंडामा हुन लागेको‘नेपाल प्रेस युनियन’को नवौं महाधिवेशनमा रेडियो कान्तिपुरका सन्तोष गन्धर्वले सचिव पदमा उम्मेद्वारी...
‘मर्यादित पत्रकारिता र संगठनलाई समावेशी बनाउन मेरो उम्मेदवारी’

काठमाडौं, असार २६ : आगामी साउन ६ र ७ गते हेटौंडामा हुन लागेको‘नेपाल प्रेस युनियन’को नवौं महाधिवेशनमा रेडियो कान्तिपुरका सन्तोष गन्धर्वले सचिब पदमा उम्मेद्वारी घोषणा गरेका छन्। पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुका साथै प्रेस युनियनलाई विशुद्ध व्यवसायीक र समावेशी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गराउने उनको एजेन्डा छ।  

प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार र पेसागत सुरक्षाका लागि सधै आवाज उठाउँदै आएका गन्धर्वले प्रेस युनियनलाई विशुद्ध पत्रकारहरुको संगठन बनाउनका लागि अहिलेको नेतृत्व परिवर्तन हुनुपर्ने बताए। प्रेस युनियन प्रजातन्त्र, लोकतन्त्र र सबैखाले परिवर्तनलाई आत्मसाथ गर्दै संस्थागत गर्ने संगठन भएपनि सोही अनुरुपको नेतृत्व नभएकाले प्रजातन्त्र र लोकतन्त्रमा सधै प्रश्न उठ्ने गरेको उनको भनाई छ। उनी भन्छन्,‘पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ हो, तर पनि  प्रेस युनियनमा आउने अबको नेतृत्वले सबै वर्ग, क्षेत्र, लिङ्ग र भुगोलका पत्रकारहरुलाई समेट्न सक्नुपर्छ।’

कैयौँ पत्रकारले काम गरे वापत न्युनतम परिश्रमिक नपाएको भन्दै उनले पत्रकारको पेसागत सुरक्षा सबैभन्दा चुनौतीको बिषय रहेको औँल्याए। ‘अझैपनि  सयौं पत्रकारहरु आफ्ना समस्या लुकाएर काम गर्र्न बाध्य छन्। त्यस्ता विषयलाई सम्बोधन गर्न युनियनले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ,’ उनले भने।  

Hardik ivf

पत्रकारका सबैखाले समस्या हल गर्न आफु सधै प्रतिवद्ध रहेको पनि उनले बताए। जिल्लामा रहेका पत्रकारहरुले  तोकिएको पारिश्रमिक समयमा नपाउने समस्या सबैभन्दा जटिल रहेको बताउँदै उनले सबै श्रमजिबी पत्रकारको अधिकार सुनिश्चित हुने संगठन निर्माणमा पहल गर्ने बताए। 

उनले देशैभरिबाट महाधिवेशन प्रतिनिधिको रुपमा आउने पत्रकारलाई आफ्नो अमुल्य मत दिएर जिताउने अनुरोध गरेका छन्। ‘मैले जित्नु प्रजातन्त्र र लोकतन्त्रको जित हुनु हो। मेरो जितले संविधान र समावेशिताको मर्मलाई थप टेवा पुग्नेछ,’ उनले भने।  

रेडियो कान्तिपुरका सह—सम्पादक समेत रहेका गन्धर्व विगत १६ बर्षदेखि व्यवसायीक पत्रकारितामा आवद्ध छन्। २०६४ सालमा दाङ्गस्थित रेडियो इन्द्रेणी मार्फत रेडियो पत्रकारिता सुरु गरेका गन्दर्भले ‘रेडियो गणतन्त्र’को समाचार सह–सम्पादक पदमा रहेर लामो समय काम गरेका थिए। त्यस लगत्तै उनले काठमाडौँस्थित ‘स्टार एफ.एम.’ मा कार्यक्रम प्रस्तोताको रुपमा समेत काम गरे।

०६९ सालमा रेडियो ‘नेपाल वाणी नेटवर्क’मा समाचार सह–सम्पादकका साथै कार्यक्रम संयोजकको रुपमा काम गरेको अनुभव उनीसंग छ। त्यससंगै काठमाडौँमै ‘क्यापिटल एफ.एम.’ मा रहेर केही समय काम गरेका उनले बिगत चार वर्ष यता रेडियो कान्तिपुरमा समाचार सह–सम्पादकको रुपमा काम गर्दै आएका छन्।  

राजनीतिक बिधामा रिर्पोटिङ्ग गर्दै आएका उनी रेडियो कान्तिपुरका समाचार वाचक पनि हुन्। विभिन्न संघ सस्थामा रहेर काम गर्दै आएका उनी राष्ट्रिय दलित पत्रकार संघ नेपालको दुई वर्ष अघि बुटबलमा सम्पन्न प्रथम महाधिवेशनमा केन्द्रीय सचिव पदमा निर्वाचित भएका थिए। राज्यका सबै खाले पहुँचबाट टाढा रहेको दलित समुदायबाट प्रतिनिधित्व गर्दै पत्रकारिता पेसामा आवद्ध भएका गन्धर्व दाङ्गबाट राजधानी आई पत्रकारितामा कृयाशिल छन्। उनी दलित समुदायको अधिकार र गन्दर्भ जातीको पहिचानका लागि गन्धर्व कला संस्कृति संरक्षण केन्द्रमा रहेर काम गर्दै आएका छन्।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्