Kathmandu Press

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

किभ, असार २६ : केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड ९१।७ बिलियन० अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ।

सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिएका छन्। प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरुबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन्।

Hardik ivf

सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरुबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ।

विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग ९यसएस एजेन्सी फर इन्टरनेशनल डेभलप्मेन्टमार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ।

यहाँका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन्।

रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्य सम्ममा करिब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको यहाँका अर्थमन्त्रीले जानकारी दिएका छन्।

अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्ने बाचा पनि गरेका छन्। 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्