Kathmandu Press

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

वासिङटन, असार २६ : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्। पूर्वप्रधानमन्त्री आबेको मृत्युमा...
शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

वासिङटन, असार २६ : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्। 

पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ। 

संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ। 

Hardik ivf

इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन्।  बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहोर्‍याएका थिए। 

बालीमा जी २० को बैठकमा भागलिनुका अतिरिक्त उनले इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। सोही क्रममा उनले जनवादी गणतन्त्र चीनको राज्य परिषद् सदस्य एवम्  विदेश मन्त्री वाङ यीसँग पनि भेटवार्ता गरेका थिए। त्यस अवसरमा दुवै देशका विदेशमन्त्रीले विद्वेषपूर्ण अमेरिका–चीन सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरेका थिए। 

आमनेसामने बसेर गरिने कूटनीतिक वार्ताको विकल्प नरहेको बताउँदै विदेशमन्त्री ब्लिन्केनले आफ्ना चिनियाँ समकक्षीलाई परिणाममुखी एवं फलदायी वार्ताका निम्ति अमेरिका उत्सुक रहेको जनाएका थिए। 

पछिल्लोपटक विदेशमन्त्री ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङबीच सन् २०२१ को अक्टोबरमा इटालीको रोममा भेटवार्ता भएको थियो।

उक्त भेटवार्तामा पनि अमेरिकाले चीनसँगको सम्बन्धलाई  जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न सञ्चार सम्पर्क खुला राख्नुपर्नेमा जोड दिएको थियो। उनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थालाई कमजोर पार्ने गतिविधि हुननहुने अमेरिकी अभिमत प्रस्ट गरेका थिए। 

थाइल्याण्डमा रहँदा विदेशमन्त्री  ब्लिन्केनले प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइसँग भेट गर्ने कार्यक्रम छ। उनले एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) आयोजक थाइल्याण्डका कार्यसूचीको सफलता तथा अर्को वर्ष एपेक आयोजना गर्ने अमेरिकी निर्णयलाई कार्यान्वयन गर्नेबारेमा छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

थाइल्याण्डमा स्वास्थ्य, जलवायु सहयोग विस्तार तथा म्यान्माको सङ्कट सम्बोधनलगायत विभिन्न मुद्दाहरूमा सम्बद्ध अधिकारीहरूसँग उनले छलफल गर्नेछन्। अमेरिकी राष्ट्रपतिको एशिया–प्रशान्त रणनीतिलाई अघि बढाउने चाहना र उक्त क्षेत्रको शान्ति, समृद्धि र सुरक्षालाई केन्द्रमा राखेर थाई नेताहरूसँग विदेशमन्त्री  ब्लिन्केनले विचारविमर्श गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्