Kathmandu Press

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं, असार २६ : आज देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य...
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं, असार २६ : आज देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Hardik ivf

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आङ्शिकदेखि सामान्य बदली रहेको छ।  प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित वर्षा भइरहेको छ।

रातको समयमा देशका पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आङ्शिक बदली भई प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्