Kathmandu Press

मुख्यमन्त्री राईद्वारा बकर इदको शुभकामना

काठमाडौं, असार २६ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद (इद–उल–अज्हा) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने...
मुख्यमन्त्री राईद्वारा बकर इदको शुभकामना

काठमाडौं, असार २६ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद (इद–उल–अज्हा) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक रहेको बताए ।  परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एकअर्कामो अँगालोमा बाँधिएर शुभकामना आदान–प्रदान गरिने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

Hardik ivf

मुख्यमन्त्री राईले आपसी सद्भावको चाडका रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन्। 

उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ र  सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको बताए। 

उनले सन्देशमा हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीहरूमा बकर इदका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

प्रकाशित मिति: ११:२८ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्