Kathmandu Press

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ : प्रदेश प्रमुख परियार

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ : प्रदेश प्रमुख परियार

कर्णाली, असार २६ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताउनुभएको छ ।बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुस्लिम समुदायको महान् पर्व बकर इद (इद–उल–अज्हा)का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन्। 

सन्देशमा उनले भनेका छन्, ‘बकर इद मुस्लिम समुदायको मौलिक पर्व हो । यसलाई आपसी रिस, राग र द्वेषभावलाई बिर्सेर एकापसमा खुसी, सद्भाव र शुभकामना आदान–प्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ।’

हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ बलियो बनाउन भन्ने सन्देश बकर इदले दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सहिष्णु र सभ्य समाज निर्माण गर्न यसले सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्