Kathmandu Press

मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना

कर्णाली, असार २६ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त  गरेका...
मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना
Hardik ivfHardik ivf

कर्णाली, असार २६ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त  गरेका छन् । बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक सद्भावका माध्यमबाट समाजमा दिगो शान्ति कायम राख्ने बताएका हुन्। 

मुख्यमन्त्री शाहीले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्। 

शुभकामना सन्देशमा भनिएको छ, ‘विविधतायुक्त हाम्रो आर्कषण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले नेपाली समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्ने अभिपे्ररित गर्दछ।’

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्