Kathmandu Press

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई 

काठमाडौं, असार २६ :  यस वर्षको  राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ। प्रतिष्ठानको शनिबार सम्पन्न...
भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा प्रतिष्ठानलाई 

काठमाडौं, असार २६ :  यस वर्षको  राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिने भएको छ। प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। 

इतिहासको क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई दिइने उक्त पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु एक लाख पु¥याउने निर्णय बैठकले गरेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए। 

पुरस्कार आगामी साउन ९ गते थापाको २४८औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिने अध्यक्ष प्रा डा तिमिल्सिनाले बताए। यसअघि उक्त पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। 

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्