Kathmandu Press

चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : प्रदेश प्रमुख गुरुङ

कास्की, असार २६ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्। बकर इद (इद उल अज्हा)...
चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : प्रदेश प्रमुख गुरुङ

कास्की, असार २६ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्। 

बकर इद (इद उल अज्हा) पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिकोत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्स लिएको छु,’ भनेका छन्। 

मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसी साटासाट गर्दै शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ यो पर्व मनाउने गरेको सन्देशमा उल्लेख छ।

यस पर्वले नेपालीबीच आपसी विश्स, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने सन्देशमा भनिएको छ। 

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्