Kathmandu Press

प्रहरी तालिमका क्रममा बेहोस भएका युवकको मृत्यु

दिपायल, असार २६ : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायलमा तालिमका क्रममा बेहोस भएका युवकको मृत्यु भएको छ।अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय...
प्रहरी तालिमका क्रममा बेहोस भएका युवकको मृत्यु

दिपायल, असार २६ : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायलमा तालिमका क्रममा बेहोस भएका युवकको मृत्यु भएको छ।

अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहरा लामो दौडका क्रममा लडेर बेहोस भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको तालिम केन्द्रका सूचना अधिकारी सागर बोहराले बताए।

उनी असार २२ गते १० किलोमिटर दौडका क्रममा लडेका थिए। बेहोस भएका उनलार्य उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

डोटीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो। उनको कोहलपुरमै उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

प्रकाशित मिति: ०८:४९ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्